देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज तोलाको ९९ हजार ८ सय

देशान्तर

काठमाण्डौ । सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । नयाँ रेकर्ड बनाउँदै असार अन्तिममा तोलाको ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको ७ गतेदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।

यही क्रममा हिजो स्थिर रहेको सुनको भाउ आज दुई सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । सुनको भाउ महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ । यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।