देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना संक्रमणले प्रहरीमा सेवा प्रभावित

देशान्तर

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।

थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ । इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।

श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ । कान्तिपुरमा खबर छ।