देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनालाई काेराेना संक्रमण

देशान्तर

 पर्सामा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको रिपोर्टमा ७३ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।

सङ्क्रमितमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् । सङ्क्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्धासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए।

आइतबार राति सङ्क्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका व्यक्तिहरु हुन्  । मास  ट्रेसिङमा पीसीआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको उपाध्यायले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको उपाध्यायले बताए ।

पछिल्लो समय टोलटोलमै परीक्षण गर्न थालिएपछि समुदायमा रहेका सङ्क्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षीया बालिका र ८ जना महिलासहित ६७ वर्षसम्मका वृद्धा रहेका छन् ।

आइतबार मात्रै यसै वडामा २७ जना सङ्क्रमित थपिएका थिए । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८० जना पुगेको डा. उपाध्यायकाे भनाई छ  ।