देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ। गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिएका छन् । आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् ।

लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन् । त
नहुँको म्याग्दे र आबुखैरेनीका एक–एकजना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।

गण्डकीमा हालसम्म १२४५ जना आइसोलेशनबाट डिस्चार्ज भएर घर फर्किसकेका छन्