देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण

देशान्तर

काठमाण्डौ भारतमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । त्यही क्रममा हिजो एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार भारतमा अहिले १६ लाख ९५ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

जसमध्ये ५ लाख ६५ हजार १ सय ३ जनाको उपचार चलिरहेको छ । बाँकी १० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । यस्तै हिजोमात्रै ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको को संख्या ३६ हजार ५ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।