देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु

देशान्तर

भारतको आन्ध्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।

यसरी सेवन गर्नेहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएको र अहिलेसम्म कम्तिमा १० जनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।

उनीहरुले स्यानिटाइजरलाई चिसो पेय पदार्थ तथा अन्य सफ्ट ड्रिङ्कसँग मिसाएर पिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

स्यानिटाईजरमा अन्य केही विषालु रसायन थियो कि थिएन भन्नेबारे छानविन गर्न प्रहरीले नमुना संकलन गरि प्रयोगशालामा परिक्षणका लागि पठाएको छ ।