देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवाले विभागलाई पूर्णता दिँदै

देशान्तर

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको असन्तुष्टिका बीच २० वटा विभागलाई पूर्णता दिने गृहकार्य थालेका छन् । विभाग संयोजकहरूसँग बिहीबार भएको छलफललगत्तै देउवाले विभागलाई पूर्णता दिने गृहकार्य अघि बढाएका हुन्  ।

उनले शुक्रबार बिहान आफ्नो पक्षका पदाधिकारी र केही सदस्यलाई निवासमा बोलाएरै विभागमा राखिने सदस्यहरूको नामावली उपलब्ध गराउन भनेका छन् ।

देउवाले नामावली छनोटका लागि प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुंगाना, वाग्मती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी सावदलाई जिम्मेवारी तोकेका छन् । उनीहरूले ‘संस्थापन पक्षको हितमा’ महाधिवेशनका अन्य तयारी गर्ने जिम्मेवारीसमेत पाएका छन् ।

पौडेल पक्षले विभाग गठन तथा सदस्यहरूको मनोनयन गर्ने प्रक्रिया तत्काल बन्द गर्न र यसअघिको नियुक्ति खारेज गर्न माग राख्दै बिहीबार देउवालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो । सिटौला समूहले पनि सार्वजनिक रूपमा विभाग र पार्टीका निकायमा भइरहेका मनोनयनको विरोध गर्दै आएको छ । कान्तिपुरमा खबर छ ।