देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण सुडानका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा

देशान्तर

जुबा । दक्षिण सुडानमा झण्डै १३ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनिसेफले पाँच बर्ष मुनिका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

तथ्याङ्कमा उल्लेख भएअनुसार कुपोषणको उच्च जोखिममा रहेका बालबालिकामध्ये धेरै बालबालिका पर्याप्त स्तनपान गर्न नपाएर कुपोषित भएका बालबालिका रहेका छन् ।

“कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई स्तनपानको आवश्यकता देखिएको छ, त्यसैगरी अन्य पौष्टिक तत्वहरु पनि उनीहरुलाई पर्याप्त उपलब्ध गराउनु पर्ने खाँचो छ,” युनिसेफका एक अधिकारीले भने ।

दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग एयोयाले जुवाबाट जारी गरेको वक्तव्यमा कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।

बालबालिकाहरुलाई अत्यावश्यक न्युनतम स्तनपानका लागि आमाहरुलाई सहयोग गर्न पनि युनिसेफले सवैलाई आग्रह गरेको छ ।

“नयाँ आमाहरुलाई सकेसम्म राम्रो सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसो भयो भने नयाँ बालबालिकाको जीवनमा ठूलो योगदान हुनसक्छ,” अयोयाले भने ।