देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

देशान्तर

वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति एघार बजे मृत्यु भएको हो ।

मृतक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत हुन । उनमा साउन छ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी साउन सात गते गण्डकस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । वीरगन्जमै बिहीबार नै कोरोना संक्रमित अरु दुई जनाको पनि मृत्यु भएको थियो ।

मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् । दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

यस्तै, पर्सामा थप ४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका नयाँ संक्रमितमा ११ महिला रहेका छन् । उनीहरू १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका छन् ।
संक्रमित पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारी समेत संक्रमित भएका छन् ।

अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी छन् । डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन् । अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजिटिभ देखिएको छ ।

वीरगञ्जमा बिहीबारसम्ममा ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक सय भन्दा बढी होम आइसोलेसनमा छन् ।