देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि ट्रम्प विवादमा

देशान्तर

नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिएका छन् ।

चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला उनकै पार्टीका शीर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र विरोध जनाईरहेको बेला ट्रम्पकै दल रिपब्लिकन पनि आलोचनमा उत्रिएको हो ।

माथिल्लो सदन सिनेटका मेजरिटी लिडर मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गरेका थिए ।

उनीहरु दुवै जना रिपब्लिकन हुन् । ट्रम्पसँग राष्ट्रपतिको चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने प्रस्ताव संसदले पास गर्नु पर्छ ।

ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गरेका हुन् ।