देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने

देशान्तर

अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गरेको छ ।

जस अन्तर्गत जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

जर्मनीले नेटोको लक्ष्य अनुरुप रक्षा खर्चमा असफल भएको टिप्पणी गर्दै ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्ने निर्णय गरेको बुझिएको छ ।

उनले नेटोका सदश्य राष्ट्रहरुले प्रतिरक्षाका लागि खर्च गर्न अन्य नेटो सदस्य राष्ट्रहरु समेत असफल भएको आरोप लगाएका छन् ।

यसैबीच अमेरिकी बिदेश सचिव मार्क एस्परले अमेरिकी सेना पुनस्र्थापित गर्ने यो एक योजना मात्र भएको प्रतिक्रिया दिएका छन् ।