पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंलगबार साँझ दिएको अपडेट अनुसार २ जिल्लाका थप ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमितहरु स्याङजाका २५ जना र बाग्लुङका ६ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ ।
प्रतिक्रिया