देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसम बदलिदा कोरोना भाइरसबाट राहत पाइदैन : डब्लुएचओ

देशान्तर

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मौसम बदलिदा कोरोना भाइरसबाट राहत नहुने बताएको छ ।

डब्लुएचओले अहिलेको गर्मिमा उत्तरी गोलार्धका मानिसहरुलाई चेतावनी दिदै कोरोना भाइरसका बारेमा लापरवाही नगर्न भनेको छ । डब्लुएचओले कोरोना भाइरस एन्फ्लुएजा जस्तो मौसम अनुसारको व्यवहार नगर्ने स्पष्ट गरेको छ ।

जेनेभाबाट भर्चुअल ब्रिफिङका क्रममा डब्लुएचओकी डा. मार्गरेट ह्यारिसलेमानिसहरुले मौसम बदलिदा कोरोना कम हुने सोचेकाले त्यस्तो नहुने स्पष्ट गरेकी छन् । उनले भनेकी छन् – मानिसहरुअहिले पनि मौसमको बारेमा सोचिरहेका छन् । तर हामी सबैले यो बुझ्न जरुरी छ कि यो एक नयाँ भाइरस हो र यसको अलग व्यवहार रहेको छ ।’

डा. ह्यारिसले कोरोनाबाट बच्न यसका सुरक्षाका लागि जारी गरिएका प्रोटोकल अनिवार्य पालना गर्न आग्रह समेत गरेकी छन् । उनले यो भाइरसलाई एक तरंगको हिसाबले बुझ्न आग्रह गर्दै यो भाइरसको ठुलो वेभ भएको र यो कहिले माथि जाने र कहिले तल झर्ने बताइन् ।