देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबेर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसले ओब्रायन संक्रमित भएको जानकारी दिदै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स भने सुरक्षित रहेको बताएको छ ।

ह्वाइट हाउसले जारी गरेको बयानमा भनिएको छ – रोबर्ट ओब्रायनलाई कोरोनाको हल्का लक्षण देखिएको छ । उनी आइसोलेसनमा गएका छन् र त्यहिबाट काम गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स कोरोनाको खतराबाट बाहिर रहेका छन् । ओब्रायन संक्रमित भएपनि राष्ट्रिय सुरक्षा काउन्सिलको काममा कुनै रोकावट आउने छैन ।’

साथै ह्वाइट हाउसले कमर्चारीको नियमित कोरोना परिक्षण भइरहेको समेत जनाएको छ । उनी कोरोना संक्रमित हुने ह्वाइट हाउसका अहिलेसम्मका उच्च स्तरका व्यक्ति हुन् ।