देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ९७ हजार ५ सय

देशान्तर

काठमाडौँ । सुनको भाउ फेरि उकालो लागेको छ। सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। आइतबार यसको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ। गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १९ सय अमेरिकी डलर प्रतिऔंसमा कारोबार भएको थियो। विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ।