देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इंग्ल्याण्डमा पब,रेस्टुरेन्ट, होटल, सैलुन लगायतका अत्यावश्यक सेवा शनिबारदेखि खुले

देशान्तर

लण्डन । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणलाइै मध्यनजर राख्दै इंग्ल्याण्डमा जुलाई ४ शनिबारदेखि लकडाउन अझै खुला भएको छ। खासगरी यहाँ चर्चित ‘पब’ का साथै रेस्टुरेन्ट, होटल र अत्यावश्यक भैसकेको कपाल काट्ने सैलुन, म्यूजिम, ग्यालरीहरु खुलेका हुन्।

रेष्टुराँहरुले ग्राहकको नाम र सम्पर्क लिनपर्ने बताइएको छ । यसबाट ‘कन्ट्रयाक्ट ट्रयासिङमा’ मद्दत पुग्ने बताइएको छ । यस्तै थिएटर र संगीत हलहरुलाई पनि खोल्न दिइएको छ तर ‘लाइभ’ भने गर्न पाइने छैन । यसैगरी विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ । साथै दुई परिवार भेट्न र बास बस्न सक्ने तर सामाजिक दुरी कायम गर्नु पर्ने पनि छ। यसअघिको २ मिटर को सामाजिक दुरीलाई सकेसम्म कायम राख्न तर सम्भब नभएमा १ मिटर प्लस राख्न भनिएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यँहाको संसदमा बोल्दै अन्य सर्बसाधारण संग प्रत्यक्ष्य सरोकार भएका पुस्तकालयहरु, मन्दिर, मस्जिद, चर्च लगायतका प्रार्थना स्थलहरु र क्यान्टिनहरु पनि खुल्ने बताएका छन् । यस्तै होलिडे पार्क, बेड एण्ड ब्रेकफास्ट, क्याराभानहरु पनि खुल्न सक्ने बताइएको छ ।

तर नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लरहरु, इन्डोर जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरु भने अहिले नखुल्ने भएका छन्।

प्रधानमन्त्री जोन्सनले यी निर्णयहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर र परिस्थिति हेरी फिर्ता वा परिबर्तन गर्न सकिने पनि बताएका छन्।