काठमाडौं । नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र दक्षिण कोरियाली सरकारको तर्फबाट कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)बीच एकिकृत रुपमा स्वास्थ्य र आम्दानीबृद्धि गरी ग्रामिण समुदायको सशक्तिकरणका लागि परियोजना संचालन गर्नेसम्बन्धी समझदारी भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयकाक स्वास्थ्य समन्वय शाखाका प्रमुख डा. जागेश्वर गौतम र कोइराका नेपालका निर्देशक संगहुन कोले हस्ताक्षर गरे । यो परियोजना अन्तर्गत कोइकाले ग्रामीण स्वास्थ्य सुधार तथा आम्दानी वृद्धि परियोजना अन्तर्गत पाँच वर्षभित्रमा ४० लाख ७० हजार अमेरिकी डलर खर्च गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
परियोजनालाई कोइकाले काठमाडौं विश्वविद्याल अस्पताल धुलिखेल संयुक्त रुपमा सिन्धुपाल्चोकको मानेखर्क र हिन्दी, काभ्रेको सलम्बु र तनहुँको प्युटारमा केन्द्रित गरी संचालन गर्ने जनाइएको छ । ती केन्द्रहरुका विकट ग्रामीण इलाकामा बसोबास गर्ने कम र मध्य आयल भएका मानिसहरुम धुलिखेल अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउने छ । स्वास्थ्य सेवा उपलब्ध गराउने कामसँगसँगै परियोजनाले आधुनिक कृषि प्रणालिका माध्यमबाट मानिसहरुको आय वृद्धि गराउने कार्यक्रम पनि लागु गरिने जनाइएको छ ।
स्वास्थ्य सेवा र आय वृद्धिका गतिविधिसँगसँगै अघि बढाउनेगरी परियोजना विकास गरिएको विज्ञप्तिमा उल्लेख छ । रियोजनाले सहभागितामुलक स्वास्थ्य तथा ग्रामिण विकासका कार्यक्रमहरुको मद्दतले विपन्न समुदायका मानिसहरुको आय वृद्धिमा अवसर प्रदान गर्दै जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया