देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईले पठायो मंगलग्रह अध्ययनका लागि ‘द होप’ यान

देशान्तर

संयुक्त अरब इमिरेट्स (युएइ)ले मंगल ग्रहको अध्ययन तथा अन्वेषणका लागि यान पठाएको छ । अन्तरीक्ष यात्रामा युएईको यो नयाँ फड्को हो ।

‘द होप’ नाम दिइएको यो यान जापानको तानेगाशिमा स्पेस पोर्टबाट प्रक्षेपण गरिएको हो । यो यानले अन्तरीक्षमा ५ सय मिलियन किलोमिटर यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्नेछ ।

युएईले यो यानको प्रक्षेपण प्रक्रिया खराब मौसमका कारण यसअघि दुई पटक स्थगित गरेको थियो । तेस्रो प्रयासमा भने हिजो यान प्रक्षेपण गरिएको हो ।

युएईको यो यान सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा पुगनेछ । उक्त यानले मंगल ग्रहको मौसम र जलवायुको अवस्थाबारे अध्ययन गर्नेछ ।