देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसमा सिटौला किन मौन ?

देशान्तर

विभाग गठनका सवालमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पौडेल पक्षसँग अलग्गिएका छन् । सिटौलालाई समेत समेटेर असन्तुष्टि सार्वजनिक गर्ने तयारी पौडेल पक्षको थियो । तर पौडेल पक्षको बैठकमा उनी अनुपस्थित भए । पछिल्लो पटक विभाग गठन र सदस्यहरूको मनोनयनप्रति पनि मौन बसेका छन् ।

सभापति देउवाले सिटौलानिकट रहेका शिव हुमागाईंलाई विभाग प्रमुखमा राखेका कारण पनि सिटौला मौन रहँदै आएका छन् । सांसद नभएका केन्द्रीय सदस्यलाई मात्रै विभाग प्रमुख बनाउने मापदण्ड देउवाले तय गरेका थिए । त्यसअनुसार सिटौला पक्षबाट हुमागाईं र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल थिए । पौडेलले भने बस्न अस्वीकार गरे ।

‘महाधिवेशनको प्रक्रिया अघि बढिसकेपछि विभाग गठन गर्नुको कुनै औचित्य नै छैन, बरु यसले अविश्वास र महाधिवेशन निष्पक्ष हुनेमा शंका जन्माएको छ,’ पौडेलले भने, ‘महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्र बनाउन नेतृत्व बढी सजग हुनुपर्ने बेलामा विभाग गठनको विषय ल्याएर आशंका बढाउने काम भएको छ ।’

उनले पनि महाधिवेशनलाई प्रभावित पार्ने योजनका साथ विभाग गठन गरिएको बताए । एउटा विभागमा विभाग प्रमुखसहित ५१ जना हुन्छन् । सबै विभाग गठन गर्दा २४ सयले पद पाउँछन् । यसमा ठूलो हिस्सा संस्थापन पक्षले लिन्छ । त्यसबाट महाधिवेशन प्रभावित पार्न सकिने बुझाइका साथ विभाग गठन गरिएको पौडेलको तर्क छ । कान्तिपुरमा खबर छ ।