देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘स्वीस बैंकमा प्रधानमन्त्रीको नाममा पैसा छैन’

देशान्तर

स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ५५ लाख अमेरिकी डलर रहेको भन्ने समाचारको प्रधानमन्त्री सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमले स्वीस बैंकमा पैसा रहेको भन्ने भ्रामक र गलत समाचार सार्वजनिक गरिएको उल्लेख गरिएको छ । उनले ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ समाचार सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सल्लाहकार थापाले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचार विपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कारवाहीको माग समेत गरेका छन् ।