देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा

देशान्तर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए ।

सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिइएको थियो ।

प्रमुखले दिएको ग्रिन सिंग्नलकै कारण कर्मचारीले घुस लिएको निष्कर्षसहित अख्तियारले मालपोत प्रमुख अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी कार्यालय खुलेको पहिलो दिन नै उनीहरुले सेवाग्राहीसँग घुस रकम लिएको फेला परेपछि अख्तियारले नियन्त्रणमा लिएको थियो । अधिकारी डिल्लीबजारका कार्यालय प्रमुख रहेको बेला २ जेठमा मालपोत अधिकृतसहित ६ जनालाई अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । राजधानी दैनिकमा खबर छ।