देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाको फ्लोरिडामा एकैदिन १५ हजार बढीमा कोरोना संक्रमण

देशान्तर

अमेरिकाको फ्लोरिडामा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा त्यहा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यो संख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको संक्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसंख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो । पछिल्लो एकदिनमा थप ४५ जनाले सो राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ । संक्रमितको संख्या बढदैग गएपछि सो राज्यको स्वास्थ्य प्रणालीमा चाप परेको छ । चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताइएको छ ।

फ्लोरिडाले गत अप्रिलमा न्यूयोर्कले भोगेकै जस्तै समस्या ब्यर्होने देखिएको छ । फ्लोरिडाले मे महिनाबाट कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो । रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने सो राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भएको छ ।

अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ संक्रमितहरू थपिएका छन् । सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सास छन् । महामारी सुरु भएयता अमेरिकामा १ लाख ३४ हजार भन्दा बढीको संक्रमणवाट मृत्यु भएको छ । ३४ लाख १३ हजार ९ सय भन्दा बढी संक्रमित भएका छन् ।