देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफल भएको रुसको दाबी

देशान्तर

रुसले कोरोना भाइरस विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो । प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् ।

विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । खोप लगाउने स्वयम सेवालाई जुलाई १५ र २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ ।

परीक्षण गरिएको खोप आम प्रयोगका लागि कहिलेदेखि बजारमा आउँछ भन्नेबारे केही खुलाइएको छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र केही अमेरिकी कम्पनीले पनि कोरोना विरुद्धको खोपको परीक्षण सुरु गरिसकेका छन् । अहिलेसम्म विभिन्न मुलुकमा गरी १ सय ४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको छ ।