देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना पुष्टि

देशान्तर

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएको भोलिपल्ट अभिषेकपत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ ।

यसअघि पहिलोपटकको परीक्षणमा जया बच्चनसहित ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने भएका छन् । जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएकाले उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् ।