देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्ट पदमुक्त

देशान्तर

काठमाडौं । मातृपार्टी नेपाली कांग्रेसको नियमावली बमोजिम पदमुक्त भइसक्दा पनि तोकिएको अवधिमा अधिवेशन नगराएर विभिन्न वहानामा पद ओगट्दै आएको भन्दै नेपाली जनसम्पर्क समिति अमेरिकाले अध्यक्ष आनन्द विष्टलाई सर्वसम्मत रुपमा पदमुक्त गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विष्टलाई सर्वसम्मत रुपमा अध्यक्ष पदबाट मुक्त गरिएको निर्णय सार्वजनिक गरेको हो ।

नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद–१ (८) मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ” भन्ने उल्लेख छ ।

‘सोही प्रावधान बमोजिम नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द) बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएकाले विधान बमोजिम निजको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद आमन्त्रित सदस्य पदमा मनोनयन भएका दिनदेखि रिक्त भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको बदनियत स्पष्ट भइसकेको र पार्टीले गत कार्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन संपन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेकोले बिधानतः पनि उनले आफुलाई अध्यक्ष भन्ने बैधानिक र पार्टीको आदर्श अनुरुप नैतिक अधिकार नभएको, संगठनलाई भर्‍याङ बनाएर आफ्नो ब्यक्तिगत फाईदा लिने तर संस्थालाई कमजोर बनाएको हेरेर बस्नु कुनै पनि इमान्दार कार्यकर्तालाई सुहाउदैन भन्दै विष्टलाई पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘जनसम्पर्क समिति अमेरिकालाई चुस्त, गतिशिल र बिधान सम्मत हिडाउन हामीले तत्काल निर्णय लिनु पर्ने हुन्छ, पार्टीको गरिमा बचाई राख्न र जनसम्पर्क समितिको साखलाई सधैं उच्च राख्न आमन्त्रित सदस्य मनोनयन भएकै दिनदेखि बिधानतः स्वतः पदमुक्त हुनुपर्ने, र पद छोड्न अनुरोध गर्दा पनि अटेर गरी पद धारण गरिरहनु भएकोले उहाँलाई आजको मितिदेखि आनन्द् बिष्टलाई जन संपर्क समिति अमेरिकाको अध्यक्षबाट सर्व सम्मत रुपमा पदमुक्त गरेको निर्णय सार्वजनिक गर्न चाहन्छौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा जनसंपर्क समिति अमेरिकालाई सबै नेपाली प्रजातन्त्रवादीको साझा, प्यारो, राम्रो र हाम्रो संस्था बनाउन र निर्वाचन गराउने ऐतिहासिक जिम्मेवेरी लिने नेत्रित्व चयनको लागि छिट्टै अमेरिका भरी रहेका तमाम साथीहरुको बीच छलफल गर्ने र नेपाली कांग्रेसको पार्टी नेतृत्वसँग परामर्श समेत गरेर आम सहमतीबाट सर्वसम्मत निर्णयद्वारा नयाँ समिति निर्माण गर्ने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष पदमा हालसम्म सेवा गरेकोमा विष्टप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा उनले आमन्त्रित केन्द्रिय सदस्यको जÞिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने र निर्वाचनका लागि बन्ने अधिवेशन समितिलाई सम्पूर्ण तन मन बचन र कर्मबाट सहयोग गर्ने आशा व्यक्त गरिएको छ ।