देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

देशान्तर

काठमाण्डौ । आज शनिबार भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । राजश्व बुझ्ने प्रयोजनका लागि भन्दै नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।

चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।