देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

देशान्तर

काठमाडाैँ । बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार राति देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखी तुल्याएको पनि बताएका छन् ।