देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पम्प व्यवसायीलाई करिब ३० लाख नाफा

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले १० दिनभित्रै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । यसपटक व्यवसायीलाई मनग्यै नाफा हुने गरी मूल्यवृद्धि गरिएको छ । आयल निगमले ९ दिनअघि मात्र १७ असारबाट लागू हुने गरी पेट्रोल ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

शुक्रबार साँझ निर्णय गरेर मूल्यवृद्धि गर्दा पेट्रोलपम्प व्यवसायीलाई ठूलो फाइदा पुग्छ । किनभने, अन्य दिनको तुलनामा शुक्रबार धेरै इन्धन बिक्री हुन्छ । देशभरमा प्रत्येक दिन पेट्रोल सवा १३ लाख लिटर र डिजेल करिब ३८ लाख लिटर खपत हुन्छ ।

एक पम्प व्यवसायीका अनुसार अन्य दिनको तुलनामा शुक्रबार देशभरमा पेट्रोल १० लाख लिटर र डिजेल २० लाख लिटरसम्म बढी खरिद हुने गरेको छ । यो हिसाबले पेट्रोल र डिजेलमा १ रुपैयाँ मूल्यवृद्धि गर्दा पम्प व्यवसायीले एकै दिनमा ३० लाख रुपैयाँ अतिरिक्त नाफा आर्जन गर्न सक्ने देखिन्छ ।

किनभने, पम्प व्यवसायीले शुक्रबार दिउँसो पुरानै मूल्यका आधारमा पेट्रोल, डिजेल खरिद गरेका छन् । र, सो इन्धन शनिबारबाट वृद्धि गरिएको नयाँ मूल्यका आधारमा बिक्री गरेर फाइदा उठाउँछन् । देशभर १ हजार ५ सय ५८ पम्प छन् । नयाँ पत्रिका दैनिकबाट