देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २६ लाखभन्दा बढी, ५ लाख ५१ हजारको मृत्यु

देशान्तर

काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड २६ लाख १४ हजार २४५ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७३ लाख १९ हजार ४४२ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ४६ लाख ३९ हजार ८०९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ३२ लाख ९१ हजार २९५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ३६ हजार ६४५ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोना संक्रमित १८ लाख चार हजार ३३८ जना पुगेका छन्, जसमध्ये ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या आठ लाख २२ हजार ६०३ पुगेको छ। भारतका संक्रमितमध्ये २२ हजार १४४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थपिए २ लाख ३४ हजार बढी कोरोना संक्रमित थपिएका छन् । ५ हजार ३५७ को मृत्यु भएको छ ।