देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको उत्पत्तिको अध्ययन गर्न डब्लुएचओका दुई विशेषज्ञ चीन गए

देशान्तर

काठमाडौँ । कोरोना बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को विशेषज्ञको टिम चीनतर्फ लागेको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट हेरिसले विशेषज्ञसहितको टिम चीन तर्फ गएको जानकारी गराएकी छन् ।

टिममा एक जना पशु विज्ञान विशेषज्ञ र एक जना महामारी विशेषज्ञ रहेको डब्लुएचओले जानकारी गराएको छ । यो टिमले चीनमा कोरोना भाइरसको उत्पतिका बारेमा अध्ययन गर्ने बताइएको छ ।

गत बर्षको डिसेम्बरदेखि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्व भर एक करोड २४ लाख भन्दा बढी संक्रमित भएका छन् भने अहिलेसम्म ५ लाख ५८ हजारभन्दा बढीको ज्यान गएको छ ।