देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एकैदिन थपिए २६ हजार बढि कोरोना संक्रमित

देशान्तर

काठमाडौ , भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । संक्रमितको संख्या बढ्दै जानेक्रममा एकैदिन २६ हजारभन्दा बढीमा संक्रमणको पुष्टी भएको हो ।
सरकारी अधिकारीहरुले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय ६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै हो ।

कोरोनाका कारण एकैदिनमा ४ सय ७५ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै कोरोना कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६ सय ४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिलेसम्म भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ७ लाख ९३ हजार ८ सय २ पुग्दा २ लाख ७६ हजार ६ सय ८५ जना संक्रमित अवस्थामै रहेका छन् भने ४ लाख ९५ हजार ५ सय १३ जना संक्रमणमुक्त भएका छन् ।