देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाद्वारा थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा

देशान्तर

अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार हननमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

उसले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ र अरु तीन अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका चेन अमेरिकाको प्रतिबन्ध भोग्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् । युगुर मुसलमानमाथि भइरहेको ज्यादतीमा चेन योजनाकार रहेको अमेरिकी आरोप छ ।

यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका मुस्लिम महिलालाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारेको प्रतिबेदन हालै सार्वजनिक भएको थियो ।

युगुर मुस्लिमलाई शिविरमा राखिएको भन्दै चीनको अन्र्तराष्ट्रिय समुदायले आलोचना गर्दै आएका छन । चीनले भने आफूले कुनै किसिमको ज्यादती नगरेको बताउदै आएको छ ।