देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा बाढी र पहिरोमा परी १५ जनाको मृत्यु

देशान्तर

जापानमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । जापानको क्युसु टापु र कुमामोटो प्रान्तमा बाढीले असर पुर्‍याएको हो । कुमामोटो प्रान्तमा रहेको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेपछि त्यहाका बासिन्दा विस्थापित भएका छन् ।

उद्धारकर्ताले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् । सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ ।

जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी जारी राखेको छ । बिजुली आपूर्ती बन्द हुँदा जापानका अधिकांश शहरका बासिन्दा अध्यारोमा बस्न बाध्य भएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिएका छन् । उनले नागरिकहरुलाई सचेत रहन अपील गरेका छन । सो क्षेत्रमा आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् ।