देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ सुरक्षा कानूनका कारण हङकङका अभियन्ता विस्थापित

देशान्तर

हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता मध्येका एक चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि विस्थापित भएका छन् ।

प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि हङकङबाट विस्थापित भएका हुन् ।

उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् । उनी सन् २०१४ मा अम्ब्रेला प्रोटेस्टको क्रममा जेलमा पनि समय बिताएका थिए ।

नयाँ सुरक्षा कानूनले हङकङले पाउँदै आएको स्वतन्त्रतालाई मर्ने भएपनि चीनले त्यसको बेवास्ता गरेको उनले बताएका छन् ।

चीनले नयाँ सुरक्षा कानून पारित गरी बुधबारदेखि लागु गरेको छ । त्यस लगत्तै सो कानून अनुसार प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुलाई पक्राउ गर्न सुरु गरिएको छ ।

प्रजातन्त्र पक्षधरहरुले चीनले लागु गरेको नयाँ कानूनले हङकङको स्वतन्त्रता तथा स्वायत्ततता गुम्ने भन्दै विरोध गर्दै आएका छन् ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पिएसँगै त्यहाँ एक देश दुई प्रणाली लागु गरिएको छ ।

चीनमा भन्दा हङकङमा धेरै कुरामा स्वतन्त्रता छ । पछिल्लो सुरक्षा कानूनलाई लिएर हङकङमा आन्दोलन चर्किएको छ ।

अन्तर्राष्ट्रिय समुदायले पनि चीनको नयाँ कानूनको विरोध गरेका छन् ।