देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनकै कारण कोरोना विश्वमा फैलियो : ट्रम्प

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनलाई निशाना बनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ विपत्ति भनेका छन् ।

उनले चीनले चाहेको भए कोरोना भाइरस अन्य देशमा नफैलिने दाबी गर्दै तर चीनले त्यसो नगरेको आरोप लगाएका छन् ।

उनले चीन र अमेरिकाले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे पनि त्यसको मसी सुक्न नपाउँदै यो घटनाले ढक्ढक्याएको पनि बताएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनिया भाइरस समेत भन्दै आएका छन् ।