देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हङकङमा आजदेखि नयाँ सुरक्षा कानून लागू

देशान्तर

हङकङमा आजदेखि नयाँ सुरक्षा कानून लागू भएको छ । चीनले नयाँ सुरक्षा कानून मंगलबार पारित गरी आजवाट कार्यान्वयनमा ल्याएको हो ।

नयाँ सुरक्षा कानून उल्लंघन गर्नेलाई आजीवन जेल सजायको ब्यवस्था गरिएको छ । स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने उद्देश्यले चीनले नयाँ कानून लागू गरेको हो ।

नयाँ कानूनलाई टेकेर चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ । अन्तर्राष्ट्रिय समुदायले भने नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता खुम्चिने भन्दै चिन्ता व्यक्त गरेका छन । चीनले भने पृथकतावाद, आतङ्कवाद र विदेशी शक्तिसँगको मिलेमतोजस्ता गतिविधिलाई नियन्त्रण गर्न कानून ल्याएको जनाएको छ ।

यो नयाँ कानुनले हङ्कङको अस्तित्वलाई अप्ठ्यारोमा पार्ने जोखिम रहेको प्रजातन्त्र पक्षधरको भनाइ छ । सन् १९९७ मा हङ्कङ बेलायतको नियन्त्रणबाट चीनलाई हस्तान्तरण गरिएको थियो ।

त्यो क्रममा हङ्कङलाई केही स्वतन्त्रता दिने सहमति भएपनि नयाँ कानून त्यस विपरित आएको छ ।