देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आवश्यक परे मास्क लगाउन ट्रम्प तयार

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परेका बेला आफूले मास्क लगाउने बताएका छन् । स्वास्थ्य विज्ञको सुझाव विपरित मास्कको विपक्षमा लगातार अभिव्यक्ति दिँदै आएका ट्रम्प अव मास्क लगाउन तयार देखिएका हुन् ।

फक्स बिजनेश नेटवर्कसँग कुरा गर्दै ट्रम्पले मास्क लगाउन कुनै समस्या नभएको र आवश्यक ठाउँमा मात्रै लगाउने जवाफ दिएका हुन । आफूले यसअघि एकपटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताए ।

आफूलाई अझै पनि कुनै दिन कोरोना भाइरस आफै हराउने वा लुप्त हुने विश्वास रहेको ट्रम्पले पुनः बताए । राष्ट्रपति ट्रम्पले निकै कम परिस्थितिमा मात्र मास्क लगाउने गरेको पाइएको छ । एक जना शीर्ष रिपब्लिकन नेताले उदाहरणका रुपमा मास्क लगाउन सुझाव दिएको भोलिपल्ट ट्रम्पको पछिल्लो भनाइ आएको हो ।
अमेरिकामा अहिलेसम्म २६ लाख भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर लगातार बढिरहेको छ ।