देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजार आज पनि बढ्यो, सकारात्मक सर्किटपछि कारोबार बन्द

देशान्तर

काठमाडौं । आज पनि सेयरमा पोजिटिभ सर्किट लागेको छ । आज ६ प्रतिशतले बजार बढेर पोजिटिभ सर्किट लागेपछि आजको कारोबार स्थगित गरिएको छ ।

कोरोना त्रासकै बिच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट ब्रेक लागेको थियो । आज बजार खुलेको १ घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो आधा घण्टा पनिहुन नपाउँदै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले रोकिएपछि आजका लागि कारोबार नै स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ