देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोल र डिजेलको मूल्य बढ्यो

देशान्तर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

मूल्यवृद्धिपछि काठमाण्डौ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।