देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा भेटियो महामारीको रुप लिन सक्ने अर्को फ्लु भाइरस

देशान्तर

काठमाडाैँ । वैज्ञानिकहरूले चीनमा अर्को महामारी ल्याउन सक्ने सम्भावना बोकेको फ्लुको नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो फ्लु हालै मात्र देखिएको हो र सुँगुरमा भेटिएको हो । यसले मानिसलाई संक्रमित गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

फ्लुको स्ट्रेनले थप रूप परिवर्तन गरेर मानिसमा सर्दै गई महाव्याधि बन्न सक्ने भनी अनुसन्धाताहरूले चिन्ता व्यक्त गरेका छन् । तत्कालका लागि यो समस्या नभए पनि यसले मानवलाई संक्रमण गर्न सक्ने गरी अनुकूलन हुने सबै लक्षण देखाएको र यसलाई निकै कडा निगरानी गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यो बिल्कुलै नयाँ स्ट्रेन भएकाले मानिसमा यसप्रति इम्युनिटी छैन । अनुसन्धाता वैज्ञानिकहरूले प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अप सायन्सेजमा एक लेख लेखेर सुँगुरमा भाइरस नियन्त्रण गर्ने उपाय अपनाउने तथा सुँगुर व्यवसायीहरूमाथि कडा निगरानी राख्ने काम तत्कालै अवलम्बन गर्नुपर्ने सिफारिश गरेका छन् । – बीबीसीबाट