देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

WHO भन्छ ‘कोरोना महामारीले अझै चरम रुप लिन बाँकी’

देशान्तर

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक ट्रेडोस एड्हानोमले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

भर्चुअल प्रेस ब्रिफिङका क्रममा उनले महामारी अन्त्यवाट संसारका मुलुकहरु अझै टाढा रहेको बताएका हुन् । संक्रमण नियन्त्रणमा केही देशले राम्रो काम गरिरहेपनि विश्वस्तरमा महामारी फैलावटको गति तीव्र बनिरहेको भन्दै उनले चिन्ता समेत प्रकट गरेका छन् ।

समस्या सुल्झाउनका लागि विश्व एकता र सहकार्य नभए थप खराव समय आउनसक्ने उनको चेतावनी छ । उनले महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया तथा जापानको बाटो अवलम्बन गर्नुपर्ने पनि उल्लेख गरे । ति देशमा लगातार परीक्षण अनि परीक्षणको नीति अपनाइएको छ ।

कोरोना संक्रमणको छ महिनामा ५ लाखभन्दा बढीको मृत्यु भैसकेको छ । विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेको छ । कोरोना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भएको छ । विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट पुगेको छ ।