देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोपमा जुलाई १ देखि विदेशी यात्रुमाथिको प्रतिबन्ध फुकुवा हुने

देशान्तर

युरोपमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रुमाथिको प्रतिबन्ध फुकुवा हुने भएको छ । युरोपेली युनियनले आगामी जुलाई १ देखि प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

पहिलो चरणमा युरोपमा यात्राका लागि स्वीकृति पाउनेमा १४ सुरक्षित मुलुकहरु रहेका छन् ।

यात्रा अनुमति दिएका मुलुकमा अष्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया छन् । यसैगरी सुरक्षित देशको सूचिमा अल्जेरिया, जर्जिया, मन्टेनेग्रो, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।

महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीनलाई भने भ्रमणका लागि अनुमति दिइएको छैन । ईयुभित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो ।