देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना संक्रमितकाे संख्या १ कराेड २ लाख नाघ्याे

देशान्तर

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघेको छ ।

वल्डोमिटरले जनाएअनुसार सङ्क्रमितमध्ये ५ लाख बढीको ज्यान गएको छ । अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको ज्यान गएको हो ।

यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजार ६५ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।