देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि शेयर बजार खुल्दै

देशान्तर

काठमाडौ।  धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु हुने भएको छ।  हिजाे बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकअनुसार सोमबार (आज)देखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोवार गर्नुपर्ने बोर्डले जनाएको छ ।

यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ । यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् । लगानीकर्ताले हालसम्म गरिएका व्यवस्थाबमोजिम नै घरैबाट कारोवार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

लकडाउनकैबीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनःबन्द गरिएको थियो । बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आज दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ ।