देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगी/व्यवसायीलाई चुनावी चटारो, सर्वसम्मतको सम्भावना बढ्यो

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा साउन २६ र २७ गते हुने भएको छ । महासंघले आगामी साउन २६ र २७ मा ५४औँ साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाका लागि ललितपुरस्थित ह्यारिटेज प्लाजा बुकिङ गरिसकिएको छ ।
महासंघको साधारणसभा गत चैत्र २८ र २९ गतेका लागि तोकिएको थियो तर कोरोना महामारीको लकडाउनका कारण स्थगित भएको थियो ।

मन्त्रिपरिषद्ले लकडाउन खुकुलो पारेलगत्तै साधारणसभाको मिति तय गर्न महासंघ पदाधिकारीमाथि दबाब थियो । यो साधारणसभाले महासंघका विभिन्न पदमा निर्वाचन गर्नेछ । हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् ।

भाविष्यमा स्वतः अध्यक्ष बन्ने वरिष्ठ उपाध्यक्षमा पदमा उद्योगी/व्यवसायी चन्द्र ढकालसँगै किशोर प्रधान मैदानमा छन् । जानकार सूत्रका अनुसार उपाध्यक्ष ढकाललाई सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष बनाउन प्रधान लचिलो बन्दै गएका छन् । वरिष्ठ उपाध्यक्षमा ढकालको पल्ला भारी भएको र कोरोना संकटले उत्पन्न गरेको प्रतिकूल अवस्थामा उद्योगी/व्यवसायीबीचको एकता प्रदर्शन गर्न पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने दबाब महासंघलाई रहेकोले बरिष्ठ उपाध्यक्षमा ढकालसहित अन्य पदाधिकारी पनि सर्वसम्मत रुपमा चयन गर्ने प्रयास सुरु भएको हो ।

ढकालले गत पुसमा गृह जिल्ला बाग्लुङबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनको घोषणासँगै कुल १०५ जिल्ला/नगर उद्योग वाणिज्य संघमध्ये ८० भन्दा बढीले वरिष्ठ उपाध्यक्षमा उनलाई समर्थन गरेका थिए । ढकालको व्यावसायिक नेटवर्क ७७ वटै जिल्लामा रहेकोले पनि उनलाई चुनाव जित्न सजिलो हुने धेरैको बुझाइ छ ।

द्विदेशीय उद्योग वाणिज्य संघबाट महासंघको केन्द्रीय सदस्य बनेर महासंघमा नेतृत्वको यात्रा थालेका ढकाल त्यसपछि सबैभन्दा बढी मत ल्याएर एसोसिएटबाट केन्द्रीय सदस्य बन्न सफल भए । ढकाल यस अघि महासंघमा दुई पटक र्निविरोध उपाध्यक्ष भैसकेका छन । यसपटक पनि उनी निर्विरोधकै बाटोमा रहेको महासंघका एक पूर्वअध्यक्षले देशान्तरलाई बताए ।

ढकालले कार्गाे व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्राविधि, ट्राभल्स एण्ड टुर्स, सवारी साधान केबुलकारको क्षेत्रमा लगानी रहेको छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिका सदस्य तथा सन् २०१० देखि नेपालका लागी इन्डोनेसियाका अवैतानिक वाणिज्य दुत रहेका छन् ।