विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

  • 7
  •  
  •  
  •  
    7
    Shares

विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अहिलेसम्म एक करोड ८२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

यस्तै मृत्युहुनेको संख्या पनि ५ लाख नाघेको छ । अहिलेसम्म ५ लाख एक हजार भन्दा बढीको मृत्यु भएको छ । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५८ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।


  • 7
  •  
  •  
  •  
    7
    Shares

Facebook Comments