देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघ्यो

देशान्तर

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ लाख २० हजार नाघेको छ । संक्रमणबाट ४ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ । त्यहाँ १ लाख २२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या ११ लाख १३ हजार नाघेको छ भने ५१ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

रुसमा संक्रमितको संख्या ६ लाख नाघेको छ भने ८ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ४ लाख ४१ हजार नाघेको छ भने १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ६ सय, इटलीमा ३४ हजार ६ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४९ लाख ६५ हजार नाघेको छ ।