काठमाण्डौ – लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा सिमेन्ट कारखानाको लगानी रहेको छ ।
बैठकले ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि ७८ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानीलाई स्वीकृति दिएको छ । यस्तै ४२ दशमलव ९ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको लागि ६ अर्ब ३० करोड, ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ३१ करोड, ९७ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युतको लागि २८ अर्ब ६ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।
यस्तै दाङ सिमेन्ट इन्डस्ट्रिजको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट परियोजनाको लागि १५ अर्ब ५ करोड रुपैयाँ वैदेशिक लगानी पनि स्वीकृत भएको छ ।
प्रतिक्रिया