देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा थपिए २४ घण्टामा १४ हजार ५१६ जना संक्रमित

देशान्तर

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३७५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १२ हजार ९४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५१६ जना संक्रमित पुष्टि भएको छ ।

यो अहिलेसम्म एकै दिन संक्रमण पुष्टि भएको सबै भन्दा ठुलो संख्या हो । भारतमा अहिलेसम्म ३ लाख ९५ हजार ४८ जना संक्रमित भएका छन् ।  यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख १३ हजार ८३१ जना ठिक भएका छन् भने एक लाख ६८ हजार २६९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ५८ हजार २७१ पुगेको छ भने मृतकको संख्या ४ लाख ६२ हजार ५२५ पुगेको छ ।

त्यस्तै विश्वभर ४६ लाख २५ हजार ४९७ जना कोरोना संक्रमित ठिक भएका छन् ।