देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी दूतावासको भर्चुअल कन्सर्ट काठमाण्डौमा सुरु

देशान्तर

काठमाण्डौ , अमेरिकी दूतावासको आयोजनामा काठमाण्डौमा “ब्रिङगिङ् कम्युनिटिज टुगेदर” भर्चुअल कन्सर्ट हुँदैछ ।

शुक्रबार साँझ ६ बजे हुने भर्चुअल कन्सर्टमा गायक दिवेश पोखरेल प्रस्तुति दिंदै छन् । । अमेरिकन आइडलको १८ औं सिजनको उप बिजेता पोखरेल अमेरिकन आइडलबाट चर्चित भएका नेपाली–अमेरिकी संगीतकर्मी तथा गायक हुन् ।

भर्चुअल कन्सर्टमा गायक स्वप्न सुमन र गायिकाद्वय तृष्णा गुरुङ तथा समृद्धि राईको प्रस्तुति रहनेछ ।

यस्तै कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका साथै अमेरिकी राजदूत (यान्डी डब्ल्यु बेरी, जनस्वास्थ्य विज्ञ डा। अरुणा उप्रेती, र फेशन आइकन प्रबल गुरुङले पनि आशा, स्वास्थ्य, र ऐक्यबद्धताको सन्देश दिने कार्यक्रम छ ।

अमेरिकी दूतावासको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कन्सर्ट कोभिड १९ को महामारीमा नेपाली र अमेरिकी समुदायबीचको सहकार्यको नमुना हुने दूतावासले विश्वास व्यक्त गरेको छ ।